काठमाडौं । चर्चित नेपाली हिपहप गायक भियोमाले भारतीय र्यापर डकैतसँग नयाँ सांगीतिक सहकार्यको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ‘बावे’ शीर्षकको गीतको पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । पोस्टरमा ‘हाइप भिजुअल प्रिजेन्ट्स’ उल्लेख गरिएको छ भने गीतमा भियोमा र डकैतको सहकार्य रहने जनाइएको छ । गीतको बीट कपासले निर्माण गरेका छन् । […]