१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा २० वर्षीय युवा पक्राउ

सङ्खुवासभामा १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका-३ बस्ने २० वर्षीय दावा शेर्पा रहेका छन् । उन आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।  शेर्पाले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।