३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उदयपुरमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका-५ भोर्ले बस्ने ३५ वर्षीय भेषबहादुर श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । भेषबहादुरले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।