इनिशा विक हत्या प्रकरण- दोषीलाई कानूनी दायरामा ल्याउन पीडित परिवारको माग

बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानूनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।  पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानूनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् ।   साथै, यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटना दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित समाज निर्माणका लागि सम्बन्धित निकाय,...