काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहोरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहोर व्यवस्थापन कार्य शुरू गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहोर व्यवस्थापनको कार्य शुरू गर्न थालेको हो । यसरी सुक्खा फोहोर व्यवस्थापनको कार्य शुरू भएसँगै काठमाडौं उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहोर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् । महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फो...