प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डामा सोमबार भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको थियो । पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो । उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछ । उक्त टोली भोलि मंगलबार थाइल्याण्डतर्फ जाने भएको जनाइएको छ ।&n...