राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक विषयमा छलफल भएको थियो । नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए । गत फागुन २१ गते नेपालमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रह...