भारतसँग हाल कच्चा तेल र प्रशोधित पेट्रोलियम पदार्थ गरी २५० मिलियन ब्यारेलभन्दा बढी ऊर्जा भण्डार रहेको एक सरकारी प्रतिवेदनले जनाएको छ। यो परिमाण झण्डै ४ हजार करोड लिटर बराबर हो। प्रतिवेदनका अनुसार यस्तो भण्डारणले सम्पूर्ण आपूर्ति शृङ्खलामा सातदेखि आठ सातासम्मको इन्धन आवश्यकतालाई धान्न सक्छ। यसले भारतसँग केवल २५ दिनको मात्रै इन्धन सञ्चिति रहेको दाबीलाई खण्डन गर्ने पनि बताइएको छ। ऊर्जा भण्डारहरू मङ्गलोर, पदुर र विशाखापट्टनममा रहेका भूमिगत रणनीतिक गुफा (क्याभर्न)हरूमा राखिएका छन्। त्यस्तै जमिनमाथिका ट्याङ्की, पाइपलाइन र समुद्री ...