नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले बीआरआई लगायत नेपाल–चीनबीच भएका सम्झौताहरू छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा मद्दत पुग्ने बताएका छन् । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग सोमबार सिंहदरबारमा भएको भेटवार्तामा चिनियाँ राजदूतले नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनमा जोड दिएका हुन् । ‘बीआरआई लगायत चीन–नेपालबीच भएका सम्झौताहरू छिटो अगाडि बढाउन सके दुवै देशका जनताको साझा समृद्धिमा थप विकास हुनेमा आफू आशावादी रहेको बताउनु भयो,&rsqu...