सन्तोष चालिसेलाई ५ लाख धरौटीमा छाड्न आदेश

नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई पाँच लाख धरौटीमा छाड्ने आदेश भएको छ । अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा चालिसेसँग सोमबार विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो । न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले उक्त आदेश गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो । चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर समेत हुन् । मेयर भएकै समयमा उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको...