हुण्डी तथा अभौतिक मुद्रा कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट एक करोड १६ लाख नगद समेत बरामद गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा हुण्डी कारोबार हुँदै गरेको सूचना पाएपछि प्रहरीले अपरेसन चलाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । पक्राउ पर्नेमा भीमढुङ्गाका सागर गिरी र प्रमोदप्रसाद धिताल छन् । उनीहरूबाट प्रहरीले विभिन्न व्यक्तिको नाममा रहेका चेकहरू, नागरिकता, कार, ...