काठमाडौंमा हावाहुरी र मेघगर्जनसहित वर्षा

राजधानी काठमाडौं र आसपासका जिल्लामा सोमबार साँझ भीषण हावाहुरी सहित वर्षा भएको छ । सोमबार साँझ काठमाडौंमा हावाहुरीसहितको वर्षा भएको हो । कार्यालय समय सकिएर मोटरसाइकल/स्कुटरमा घर फर्किँदै गरेका सर्वसाधारण बाटोमै अलपत्र परेका छन् । ‘अहिले काठमाडौं उपत्यकामा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ । ​आवश्यक सतर्कता अपनाउनु होला,’ जल तथा मौसम विज्ञान विभागले साँझ ५:३० मा सामाजिक सञ्जालमा सन्देश लेखेको छ ।