८ अर्बको भ्रष्टाचार मुद्दाका आरोपी शाक्यलाई साधारण तारेखमा छाड्न आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ ५० पैसा बिगो कायम गरेर विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ । सोमबार विशेष अदालतका अध्यक्ष सूर्यदर्शनदेव भट्ट तथा सदस्यद्वय हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक डा. पुण्यराज शाक्यलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको भन्दै आयोगले शाक्यसहित ५५ जनाविरुद्ध गत मंसिर २१ गते विशेषमा मु...