जेनजी आन्दोलनका क्रममा भएका घटना सम्बन्धमा जाँचबुझका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगको प्रतिवेदनलाई लिएर यतिबेला समाज विभाजित छ । एकातिर जेनजी आन्दोलनका अगुवाले प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने बताइरहेका छन् भने अर्कातर्फ तत्कालीन अवस्थामा सत्तामा रहेका राजनीतिक दल र प्रहरी वृत्त सशंकित छ । आयोगले प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न सिफा...