राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पदाधिकारीहरूले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । महासंघका अध्यक्षले संस्थालाई मनोमानी ढंगले सञ्चालन गरेको आरोप लगाउँदै सोमबार रातोपुल र भृकुटीमण्डपस्थित महासंघका कार्यालयमा वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष अनिता घिमिरे र महासचिव सुगम पोखरेलको नेतृत्वमा तालाबन्दी गरिएको हो । तालाबन्दी कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य संस्थाका प्रतिनिधि तथा अन्य विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो । तालाबन्दीपछि कार्यालयमा विभिन्न मागसह...