नवनिर्वाचित सांसदलाई रास्वपाको अभिमुखीकरण कार्यक्रम, मोबाइल प्रयोग र फोटो खिच्न निषेध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ । यही चैत ३ र ४ गते होटल रोयल टुलिप, ग्वार्को, ललितपुरमा कार्यक्रम राखिएको रास्वपाले जनाएको छ । उक्त कार्यक्रममा सम्पूर्ण नवनिर्वाचित सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन भन्दै रास्वपाले महत्त्वपूर्ण निर्देशनहरू पनि जारी गरेको छ । आवासीय हुने कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध गरिएको छ । यस्तै कार्यक्रममा स्थल अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध हुनेछ । परिवार सदस्य, साथी वा अन्य अतिथि होटलमा आमन्त्...