आयोगले सार्वजनिक गर्‍यो समानुपातिकतर्फका ११० सांसदको नामावली [सूचीसहित]

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सोमबार साँझ समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने ११० जना सांसदहरूको सूची सार्वजनिक गरेको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको मतका आधारमा दलहरूले पेस गरेको सूची बमोजिम निर्वाचित भएकाहरूको विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ । यस्तो छ सूची: