सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिँडेका सुर्खेतको बराहताल गाउँपालिका–१ ज्यामिरेका पाँच र लेकबेँसी नगरपालिका–८ गङ्गटेका एक गरी छ व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन् । सिकार खेल्न जानेहरूमा ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र गङ्गटेमा घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए ...