नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपालले परराष्ट्र नीतिमा सन्तुलन कायम राख्नुपर्ने बताएकी छिन् । पूर्वउपप्रधान एवं परराष्ट्रमन्त्रीसमेत रहेकी कोइरालाले आज सञ्चारकर्मीसँग कुरा गर्दै सबै छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई सन्तुलन कायम राख्नुपर्ने बताएकी हुन् । नेत्री कोइरालाले कांग्रेसलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले पार्टीभित्र र देशभित्र सहमति, सहकार्य र एकताको खाँचो रहेको औंल्याइन् । उनले कांग्रेस सभापति गगन थापाले पार्टीभित्र सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताइन् ।...