नयाँ नेतृत्व चयन गर्दै एनआरएनएको १२औँ विश्व सम्मेलन सम्पन्न

नयाँ नेतृत्व चयन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । सम्मेलनबाट हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।  सम्मेलनबाट १२ बुँदे काठमाडौँ घोषणापत्र जारी समेत जारी भएको छ ।  ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन ३० गतेदेखि सुरु भएको सम्मेलनले नेपालको आर्थिक समृद्धिमा एकताबद्ध भएर लाग्ने र गैरआवासीय नेपालीका अधिकार सुनिश्चित गर्ने साझा संकल्प गरेको छ। सम्मेलनले जारी गरेको घोषणापत्रमा नेपालमा ...