पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गरेको आदेशविरुद्ध ​सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । विशेषले विभिन्न मितिमा गरेका आदेशमा चित्त नबुझी आयोगले सोमबार प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै पुनरावेदन दर्ता गरेको हो । पोखरा विमानस्थल निर्माणका क्रममा ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगले २०८२ मंसिर २१ गते ५ जना पूर्वमन्त्रीसहित ५६ जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो ...