प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपालीहरूलाई विश्वभर छरिएका नेपालका ‘सद्भावना दूत’ को संज्ञा दिँदै मुलुकको समृद्धि र विकासका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन् । सोमबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको हितमा परिचालन गर्नुपर्नेमा जोड दिइन् । विगत केही समयदेखि विभाजन र विवादको भुमरीमा फसेको संघ एउटै मञ्चमा उभिएर सर्वसम्मत नेतृत्व चयन गर्...