जिल्ला प्रहरी परिसर भक्तपुरले चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन महिनामा सम्पादन गरेका कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन महिनामा मात्रै जिल्लाभर विभिन्न प्रकृतिका १४५ वटा नयाँ मुद्दा दर्ता भएका छन्, जसमध्ये ६३ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् । माघ महिनामा १५२ वटा मुद्दा दर्ता भएकोमा फागुनमा यो संख्यामा केही कमी आएको देखिन्छ । प्रहरीको सक्रियताका कारण फागुन महिनामा ४८ जना अभियुक्तलाई पक्राउ गरिएको छ । जसमा ९ जना महिला र १४९ जना पुरुष गरी कुल १५८ जना अभ...