फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका २७५ सांसद चुनिएका छन् । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद चुनिएका हुन् । सोमबार मात्रै निर्वाचन आयोगले दलहरुले पठाएको नामलाई अनुमोदन गरेर समानुपातिक सूची घोषणा गरेसँगै सबै सांसदको टुंगो लागेको हो । समानुपातिक सांसदहरुलाई चैत ५ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ । प्रत्यक्षतर्फका सांसदहरुले भने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र लिइसकेका छन् । जेनजी आन्दोलनपछि विकसित घटनाक्रमसँगै तत्कालीन प्रतिनिधि सभा विघटन गरेर ...