कोशी प्रदेश सरकारको आज सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय तथा प्रदेश मामिला समितिमा पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । त्यसैगरी कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गर्नुका साथै...