सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गरेको छ । मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले कैलालीको सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बलराम जैशी भट्टलाई नियुक्त गरिएको जानकारी दिए । समितिको सदस्यमा दिनेशराज भट्ट, सरिताकुमारी चौधरी, निरञ्जन शाह नियुक्त भएका छन् । व्यवस्थापन समितिमा रिक्त तीन सदस्य पद नियुक्त गर्न बाँकी रहेको उनले बताए । यसैगरी डडेल्धुराको जोगबुढा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कैलाशसिंह धामी नियु...