फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट ३० वर्षभन्दा कम उमेरमै केही युवाहरु सांसद बन्न सफल भएका छन् । सधैं पाका र कपाल फुलेका नेताहरूको मात्र रजगज हुने भनिने संसद्मा यसपटक ३० वर्ष नकाटेका युवाहरूको समेत प्रवेश भएको हो। प्रत्यक्षतर्फको चुनावी मैदानमै उत्रिएर सांसद बन्न सफल हुनेको ठूलो हिस्सा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रहेको छ। मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका प्रशान्त उप्रेतीको उमेर जम्मा २५ वर्ष रहेको छ। त्यस्तै, २६ वर्षकै उमेरमा रास्वपाबाटै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ क...