प्रतिनिधि सभामा समेटिए यी पाका नेता, सबैभन्दा धेरै उमेर अर्जुननरसिंह केसीको

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट धेरै युवा पुस्ता चुनिएपनि केही पाका उमेरका नेताहरु समेत संसद्‌मा समेटिएका छन् ।  निर्वाचन आयोगले उपलब्ध गराएको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम सूचीअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी उमेर कांग्रेस नेता अर्जुननरसिंह केसीको हुने भएको छ । उनको उमेर ७८ वर्ष रहेको छ । उनी समानुपातिकपर्फबाट सोमबार मात्रै निर्वाचित भएका हुन् ।  यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दी निर्वाचन क्षेत्र नं १ बाट ७१ वर्षीय महावीर पुन निर्वाचित भएका छन्। त्यस्तै नेपाली कां...