मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवासमा पुगेर समवेदना दिएका छन् । आज उनले पूर्वप्रधानमन्त्री ओली स्वर्गीय बुबाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । पूर्वअध्यक्ष रेग्मीले यस दुःखद् घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गरेका छन् ।