आज यी क्षेत्रमा पानी पर्ने सम्भावना

केही दिनदेखि देशका विभिन्न भू-भागमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिमको थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा/हिमपात भएको छ।  मधेशको एक-दुई स्थानमा भने मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित कोशी र बागमतीका हिमाली र पहाडी भूभागमा बादल लागेको छ ।  आज कोशी, गण्डकी, लुम्बिन...