रास्वपाले आफ्ना नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण शुरू गर्दै छ ।  दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायत बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।    गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ ।   रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचि...