इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गर्दै भीषण ड्रोन तथा रकेट आक्रमण भएको छ। समाचार एजेन्सीहरू रोयटर्स र एएफपीका अनुसार दूतावासमाथि एकपछि अर्को गर्दै आक्रमण भएको हो । यस क्षेत्रमा पछिल्लो समय आक्रमणको शृङ्खला सुरु भएयताकै यो सबैभन्दा भीषण हमला भएको समाचारमा उल्लेख छ। यद्यपि, आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। यस आक्रमण हुनुभन्दा करिब ६ घण्टाअघि मात्रै अमेरिकी दूतावासले इराकमा रहेका आफ्ना नागरिकहरूका लागि नयाँ सुरक्षा सतर्कता (सेक्युरिटी अलर्ट) जारी गरेको थियो। उ...