खुला गरिएको केही घण्टामै संयुक्त अरब इमिरेट्स (यूएई) को हवाई क्षेत्र फेरि बन्द भएको छ। यसअघि आगलागीको घटनापछि दुबई नागरिक उड्डयन प्राधिकरणले पूर्वसावधानीको उपाय अपनाउँदै दुबई अन्तर्राष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित गरेको थियो। उक्त प्रतिबन्ध हटेसँगै देशको राष्ट्रिय ध्वजावाहक मध्येको एक इमिरेट्स एयरलाइन्सले सोमबारबाट कटौती गरिएको उडान तालिका (रेड्युस्ड फ्लाइट सेड्युल) सहित सेवा सुचारु गरेको थियो। तर, उडान सुचारु भएको केही घण्टामै फेरि सिङ्गो हवाई क्षेत्र बन्द गरिएको हो। मध्यपूर्वको युद्...