संयुक्त अरब इमिरेट्स (यूएई) को शाह ग्यास फिल्डमा ड्रोन आक्रमण भएको छ । जसका कारण लागेको आगो नियन्त्रणमा आएको अधिकारीहरुले जनाएका छ। अबुधाबीका अधिकारीहरूले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। यद्यपि, आक्रमणपछिको अवस्थालाई मध्यनजर गर्दै उक्त ग्यास फिल्डको सम्पूर्ण कामकारबाही (अपरेसन) हालका लागि स्थगित गरिएको छ। अहिले सो क्षेत्रमा आक्रमणबाट भएको क्षतिको मूल्याङ्कन गर्ने काम भइरहेको छ। यस ड्रोन आक्रमण र त्यसपछिको आगलागीमा परी कोही पनि घाइते नभएको र कुनै मानवीय क्षति नभएको...