इरानविरुद्ध अमेरिका र इजरायलको युद्ध चलिरहँदा इरानले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज अमेरिका र उसका सहयोगी राष्ट्रहरूका लागि बन्द गरिएको घोषणा गरेको छ। यद्यपि, अन्य देशका पानीजहाजहरूका लागि भने उक्त जलमार्ग खुला नै रहेको तेहरानले स्पष्ट पारेको छ। विश्वको कुल तेल ढुवानीको करिब २० प्रतिशत हिस्सा यही जलमार्ग हुँदै आवतजावत हुने भएकाले यसलाई विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिका लागि निकै महत्त्वपूर्ण मानिन्छ। सोमबार इरानका विदेशमन्त्री अब्बास अराग्चीले यस विषयमा इरानको आधिकारिक धारणा सार्वजनिक गर्दै जलमार्ग आफ्ना ...