अमेरिकी आक्रमणबाट ८७ इरानी नौसैनिकको मृत्यु, बदला लिने इरानको चेतावनी

हिन्द महासागरअन्तर्गत श्रीलंकाको तटीय क्षेत्रमा अमेरिकी पनडुब्बीले गरेको आक्रमणमा परी आफ्ना दर्जनौँ नौसैनिक मारिएको पुष्टि गर्दै इरानले यसको बदला लिने चेतावनी दिएको छ।  इरानी नौसेनाका कमाण्डर रियर एडमिरल शाहराम इरानीले आफ्ना शत्रुहरूले यसको घातक परिणाम भोग्नुपर्ने बताएका हुन्।  मार्च ४ तारिखका दिन श्रीलंकाको गाले तट नजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रमा इरानी नौसेनाको पानीजहाज 'आइआरआइएस डेना' लाई लक्षित गर्दै अमेरिकी पनडुब्बीले प्रहार गरेको थियो। भारतसँगको संयुक्त नौसैनिक अभ्यास सकेर इरान फर्किँदै गर्दा भए...