भारतद्वारा होर्मुज जलमार्ग नजिक दुई युद्धपोत तैनाथ, एलपीजी बोकेको पहिलो जहाज सुरक्षित रूपमा गुजरात आइपुग्यो

 अमेरिका-इजरायल र इरानबीच चलिरहेको युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै गएपछि भारतले रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज नजिक आफ्ना दुई नौसैनिक युद्धपोत तैनाथ गरेको छ।  ऊर्जा आपूर्ति मार्ग र समुद्री व्यापारलाई सुरक्षित राख्ने उद्देश्यले भारतले यो कदम चालेको समाचारमा जनाइएको छ। यसैबीच, युद्धको त्रासका बाबजुद एलपीजी (खाना पकाउने ग्यास) बोकेको पहिलो भारतीय पानीजहाज 'शिवालिक' सोमबार साँझ सुरक्षित रूपमा गुजरातको मुन्द्रा बन्दरगाहमा आइपुगेको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, भारतीय नौसेनाको '...