‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभाका २७५ सांसद चुनिएका छन् । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सांसद चुनिएका हुन् । सोमबार मात्रै निर्वाचन आयोगले दलहरूले पठाएको नामलाई अनुमोदन गरेर समानुपातिक सूची घोषणा गरेसँगै सबै सांसदको टुंगो लागेको हो । समानुपातिक सांसदहरूलाई चैत ५ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ । प्रत्यक्षतर्फका सां...