राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि शुरू गर्दै छ । दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायतबारे जानकारी गराइने रास्वपाले जनाएको छ । अभिमुखीकरणमा पार्टीका शीर्ष नेताहरू, पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञहरूले विभिन्न सत्र सञ्चालन गर्नेछन् । जनताको विश्वासलाई सार्थक बनाउँदै सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले यो...