लोकतान्त्रिक इतिहासमा निर्वाचनलाई जनताको सार्वभौम अधिकार प्रयोग गर्ने प्रमुख माध्यमका रूपमा लिइन्छ। निर्वाचनले जनतालाई आफ्ना प्रतिनिधि चयन गर्ने अवसर मात्र दिएको हुँदैन, राष्ट्रको भविष्यको दिशा पनि निर्धारण गर्ने सामर्थ्य राख्दछ। तर नेपालको राजनीतिक इतिहासमा पटक–पटक देखिएको एउटा रोचक तथ्य के हो भने, जनताले कहिलेकाहीँ कुनै दललाई अत्यधिक बहुमत दिए पनि राजनीतिक स्थायित्व कायम हुन सकेन। वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएदेखि २०८२ सालको निर्वाचनसम्म आइपुग्दा नेपालले अनेक प्रकारका राजनीतिक उतारचढाव पार गरिसकेको छ। निरंक...