हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, ६ घाइते

उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाका अनुसार सोमबार साँझ आएको हुरीबाट कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको हो ।  यस्तै, कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा  ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको छ ।  हुरीबतासकै कारण घाइते हुनेहरूमा कटारी&n...