भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सुनिल गावस्करले सनराइजर्स लिड्सले आफ्नो टोलीमा पाकिस्तानी स्पिनर अबरार अहमदलाई अनुबन्ध गर्नु भनेको ‘अप्रत्यक्ष रूपमा भारतीय सैनिक र नागरिकको मृत्युमा योगदान पुर्याउनु’ सरह भएको गम्भीर प्रतिक्रिया दिएका छन् । इङ्ल्यान्डमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’को अक्सन (खेलाडी खरिद–बिक्री) प्रक्रियामा गत बिहीबार सनराइजर्स लिड्सले पाकिस्तानी खेलाडी अबरार अहमदलाई दुई करोड १२ लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । सनराइजर्स लिड्सकी मालिक भारतीय...