सुन र चाँदी दुवैको मूल्य बढ्यो

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार सुन ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्‍ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति न...