धादिङ १ की सांसद आशिकाको निर्देशन– सडक प्रयोग गरेबापत लिइने कर नउठाउनू

धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले सडक प्रयोग गरेबापत लिइने कर नउठाउन उर्दी जारी गरेकी छन् । मलेखुबाट ताल्तीसम्म जाने ठूला मालबाहक सवारी साधनसँग कर नउठाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले फेसबूकमार्फत जानकारी गराएकी हुन् । कर उठाएको पाइएमा कानूनको दायरामा ल्याउने उनको चेतावनी छ । 'ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नुपर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी...