नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण, सचिवको नेतृत्वमा स्थलगत अनुगमन

नारायणी नदीको कटान रोक्न नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गजेन्द्र मोक्षधाम तथा सुस्ता क्षेत्रमा तटबन्ध निर्माण शुरू गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका प्रमुख डा. नारायण सुवेदीका अनुसार करिब १७ करोड लागतमा तटबन्ध निर्माण शुरू गरिएको हो । फागुनको अन्तिम साताबाट शुरू भएको सो तटबन्ध निर्माणको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सोमबार स्थलगत अनुगमन गरिन् । निरीक्षणका क्रममा सचिव दवाडीले नारायणी नदी किनारमा रहेको सुस्ताको संरक्षण सरकारको उच्च प्राथमिकतामा...