३ चैत, धनकुटा । सोमबार साँझ आएको हावाहुरी र असिनापानीले धनकुटाका विभिन्न स्थानमा लाखौँ रुपैयाँबराबरको क्षति पुगेको छ । हावाहुरीका कारण सरकारी कार्यालय, सडक, विद्यालय, निजी घर, गोठ तथा कृषि बालीमा व्यापक क्षति पुगेको हो । हावाहुरीसँगै सडकछेउका रुखहरू ढल्दा कोशी राजमार्ग अन्तर्गतको धनकुटा–हिले सडकखण्ड सोमबार रातिदेखि अवरुद्ध भएको थियो । सडकमा रुख ढलेपछि यातायात […]