विश्वव्यापी मन्दीबीच भारतीय अर्थतन्त्र 'महाशक्ति'को रूपमा उदाइरहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को पछिल्लो तथ्याङ्कले २०२६ मा, भारतले विश्वव्यापी वृद्धिमा १७ प्रतिशत योगदान गर्ने संकेत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आईएमएफको शीर्ष-१० सूचीमा रहेका अन्य देशहरूमा, संयुक्त राज्य अमेरिकाले विश्वव्यापी जीडीपी वृद्धिमा लगभग ९.९ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ। यसपछि इन्डोनेसिया (३.८ प्रतिशत), टर्की (२.२ प्रतिशत), साउदी अरेबिया (१.७ प्रतिशत), र भियतनाम (१.६ प्रतिशत) छन्। नाइजेरिया र ब्राजिल ...