रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका-७ तेवाङ भैसिपुरे बस्ने २४ वर्षीया कृष्णा पुनको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।