बूढानीलकण्ठमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौंको बूढानीलकण्ठमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका १ स्थित लेमन ट्री होटल भित्र सञ्चालनमा रहेको गडुल क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका २ बस्ने ४८ वर्षीय दिलीप लामासहित १३ जनालाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।