राष्ट्रपति रामचन्द्र पौडेल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका दिवंगत बुवा मोहन प्रसाद ओलीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिन गुन्डु पुगेका छन् । भक्तपुरको गुन्डुस्थित ओलीको अस्थायी निवास पुगेर राष्ट्रपति पौडेलले दिवंगत मोहन प्रसादप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । त्यसक्रममा उनले पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र उनको परिवारप्रति समवेदना प्रकट गरे । ओलीका पिताको गत शुक्रबार ९७ वर्षको उमेरमा नेपाल–कोरियामैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उच्च पदस्थ विभिन्न व्यक्तिहरू ओ...